

Past President
Rotary Club of Tripureshwor
आजभन्दा करीव १ सय १८ वर्ष अगाडि सन् १९०५ मा अमेरिकाको शिकागोमा पल ह्यारिसले (Paul Harris) रोटरी स्थापना गर्नुभयो । रोटरीको लक्ष्य परोपकारी भावनाको विकास र सेवाका आदर्श अनुकूल उद्यमको (worthy enterprise) आधार को रुपमा प्रोत्साहित गराउन हो । संस्थाको नारा ‘आफु भन्दा माथि सेवा’ (Service Above Self) हो ।
वास्तवमै “रोटरीमा सेवा” भन्नुको अर्थ के हो त ?
सन् १९०५ मा जब रोटरीको शुरुवात भयो, त्यतिबेला रोटरी ‘आफु भन्दा माथि सेवा’ को विचारमा आधारित थिएन । त्यतिबेलाको शिकागो क्लबका दुई प्रमुख लक्ष्य आफ्ना सदस्यहरुको व्यापारिक हितको प्रबद्र्धन गर्नु र सदस्यहरुबीच सुमधूर सम्बन्धको विकास गर्नु थियो ।
पल ह्यारिसले शुरुवात् गरेको रोटरीको उद्देश्य बिस्तार गरेर समुदायमा सेवा गर्ने उद्देश्य रोटरी स्थापना भएको दुई वर्षपछि सन् १९०७ मा मात्रै साकार भयो, जब रोटरी क्लबले आफ्नो पहिलो सामुदायिक सेवा परियोजनाअन्र्तगत शिकागो सिटी काउन्सिल हलमा सार्वजनिक शौचालयको निर्माण ग¥यो । शिकागो क्लबका रोटरियनहरुलाई परियोजनाको सफलताले एकदमै उत्साहित साथै सन्तुष्ट बनायो जब सन् १९५० देखि रोटरीको आदर्श ‘आफु भन्दा माथि सेवा’ बन्यो ।
रोटरीमा व्यक्तिहरु किन आबद्ध हुन्छन् र संलग्न भइरहन्छन् ?


रोटरीमा आवद्ध हुनु र संलग्न भइरहनुका विभिन्न कारणहरु छन्। रोटरी अन्तराष्ट्रियले केही वर्षअघि गरेको सर्वेक्षणका अनुसार रोटरीमा आवद्ध वा सलंग्न हुनुका दुई प्रमुख कारणहरु छन्ः
- सामुदायिक सेवा कार्यक्रम मार्फत समुदायमा सकारात्मक प्रभाव पार्न
- मित्रता र सद्भावना कायम गर्न
सेवा र सद्भावना रोटरी क्लबका ती दुई स्तम्भ हुन्, जसले रोटरी सदस्य हरु साथै समुदायका सदस्यहरुका निम्ति रोटरी क्लबलाई सान्दर्र्भिक बनाउँदछ । प्रायःजसो सबै क्लबमा सुमधूर मित्रता र सद्भावना त छ, तर सबै क्लबमा समान रुपमा सामुदामयक सेवा गतिविधिहरु भने छैन । यदि क्लबहरुले दुबै पक्षलाई सन्तुलनमा राख्न सके क्लब फस्टाउनुका साथै क्लबमा जोश भरिनेछ ।
त्यसैले मैले रोटरीको मागशदर्शक मसद्धान्त अनुसार (Rotary’s Guiding Principle) यस लेखमा वास्तवमा “रोटरीमा सेवा” भनेको के हो भन्ने कुरालाई बुझाउने प्रयास गरेको छु ।


रोटरीमा सेवाका पाँच क्षेत्र : रोटरीमा सेवाको अर्थ
रोटरीको लक्ष्य भनेको परोपकारी भावको विकास र सेवाका लागि प्रोत्साहन गराउने योग्य उद्यमको (worthy enterprise) आधार हो । रोटरीको उद्देश्यलाई ध्यानमा राख्दै आफ्नो तथा अरुका जीवनमा सेवाको आदर्श लागू गर्ने अवसर पाएसम्म रोटरीको बृद्धि हुनेछ ।
यस्ता सेवाका अवसरहरु कहाँ पाउन सकिन्छ र ?
रोटरी सेवामा संलग्न हुने अवसर रोटरी सेवाका पाँच क्षेत्रहरु मार्फत पाउन सकिन्छ, जुन सन् १९२७ देखि रोटरीको मार्गदर्शक सिद्धान्त रुपमा मा उल्लेख गरिएको छ ।
रोटरी सेवाको पहिलो क्षेत्रमा क्लबका प्रत्येक सदस्यले क्लबलाई सफलतापूर्वक सञ्चालन गर्नका लागि क्लबभित्रका कार्यहरुमा संलग्न भएर योगदान गर्नुपर्दछ । कुनै पनि क्लब प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि क्लब सेवा अत्यावश्यक रहने मेरो विश्वास छ ।
क्लबहरु भनेका रोटरीका अभिन्न अङ्ग हुनुका साथै रोटरियनहरुले रोटरीको अनुभव बटुल्ने माध्यम हो, जहाँ प्रत्येक सदस्यले संलग्न हुने अवसरका साथै अन्य रोटरियनहरुसँग सम्बन्ध विस्तार गर्ने वातावरण सिर्जना गर्न सक्दछन् ।
प्रभावकारी क्लब सेवा भनेको प्रभावकारी नेतृत्व, क्लब गतिविधिमा क्लब सदस्यहरुको सक्रिय संलग्नता सदस्यहरुबीचको सद्भाव, क्लब सदस्यहरुबीचको सहकार्य, सदस्यहरुका लागि व्यक्तिगत विकासका लागि अनुकूल वातावरण र अवसरका साथै सदस्यहरुलाई मनोरञ्जनका लागि रमाइलो वातावरण सिर्जना गर्नु हो ।
तर वास्तविकता भने अत्यन्तै दुःखद् छ । किनभने क्लब सेवाप्रति ध्यानाकर्षणको कमी र त्यसको महत्व बुझाइको कमीले गदाश धेरै क्लबहरुमा विभिन्न खाले समस्याहरु जस्तै प्रभावकारी नेतृत्वको कमी, प्रभावहीन क्लब बैंठक, सदस्यहरुमाझ संलग्नता, सहभागिता र क्लबप्रतिको चासोमा कमी आउनु जसले गरेर सदस्यहरुसँग रोटरीको मुल्य र मान्यता एवं महत्वको बुझाई नहुनु, सदस्यहरुबीच सहकार्य नहुनु र पारदर्शिताको कमी हुनु, सदस्यहरुले क्लब सदस्यता त्याग्नु, जस्ता लक्षणहरु देखा परेका छन् । यी सबै लक्षणहरु क्लबलाई प्रभावकारी एवं आकर्षित बनाउन नसकेर भएको हो, जसले रोटरीको अस्तित्व तथा लक्ष्यमा असर पारेको छ ।
क्लब सेवालाई सरल रुपमा व्याख्या गर्नुपर्दा क्लबको हितका लागि सदस्यहरुद्वारा गरिने सेवा जसमा सुमधूर सम्बन्ध निर्माण गर्न, नयाँ शीप आर्जन गर्न तथा नयाँ अनुभव बटुल्नका लागि क्लबका विभिन्न कमिटीको नेतृत्व लिएर क्लबका कार्यक्रममा सक्रिय एवं सहभागी हुने र तिनीहरुको बक्यौता भुक्तानी गर्ने हो ।
त्यसका अतिरिक्त क्लब सेवा भनेको क्लब बाहिरका कार्यक्रमहरुमा क्लबको प्रतिनिधित्व गर्नु, गैर–रोटरीयनहरुलाई रोटरीको उद्देश्य बुझाउनु, अन्य रोटरी क्लबसँग सम्बन्ध गाँस्नु, अन्तरशहरीय बैंठक एवं डिस्ट्रिक्टको कार्यक्रम तथा सम्मेलनमा उपस्थित हुनु, नयाँ सदस्य हरु बनाउने, सहयोग गर्नु पनि हो ।
क्लब सेवाको सफलताको बिना रोटरीमा अन्य सेवाको क्षेत्रहरु पनि प्रभावहीन बन्न पुग्दछ । तसर्थ रोटरीको क्लब सेवा सदस्यहरुलाई सक्रिय बनाउने, उनीहरुको रोटरीप्रतिको रुचि बढाउने र रोटरीसँगको सम्बन्ध रमणीय बनाउने प्रमुख आधार हो ।
रोटरीमा सेवाको दोस्रो क्षेत्र भनेको व्यावसायिक सेवा हो, जसको उद्देश्य रोटरियनहरुको व्यापार–व्यवसायमा उच्च नैतिकता प्रबद्र्धन गर्नु र प्रत्येक पेशाको योग्यतालाई मान्यता दिएर हरेक रोटरियनहरुलाई सेवा गर्ने अवसर प्रदान गर्नु हो ।
वर्गीकरणको आधारमा रोटरीमा सदस्यताका लागि छनोट हुने भएकाले हरेक रोटरियनहरुलाई आफु संलग्न रहेको पेशाको सद्भावना प्रतिनिधिका (Goodwill Ambassador of your vocation) रुपमा लिइन्छ । त्यसैले प्रत्येक रोटरियनहरुले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गैर–रोटरियन सहकर्मी, कर्मचारी, वा ग्राहक इत्यादिलाई रोटरीको सेवाको आदर्श (Ideals of Service) बारेमा अवगत गराउनु पर्ने अपेक्षा राखिन्छ । रोटरियनहरुको उपलब्धी उनीहरुसँगको सम्बन्धमा प्रस्तुत गरिने विचारशीलता र सहयोगी भावले मापन गर्न सकिन्छ ।
रोटरीको मुख्य उद्देश्य सेवा प्रदान गर्नु भएकाले प्रत्येक रोटरियनले आफू रोटरियन भइसकेपछि आफ्नो व्यावसायिक साथै पेरगत पक्षमा देखिएका परिवर्तनलाई नियालेर हेर्नै पर्दछ । के हामीले समाजमा आफ्नो उपयोगितालाई वृद्धि गर्न रोटरीको चर्तुमार्गीय परीक्षणको (Rotary’s Four-Way Test) रोटरी मार्गदर्शन आत्मसात गरेर वास्तमवक सेवालाई (Genuine Service) आफ्नो व्यावसायिक पेरमा पमहलो प्राथममकता को रुपमा मलयका छौ वा फगत आफ्नो व्यक्तिगत लाभले मात्र प्रोत्साहित भएर कदम चालेका छौँ त ?
के रोटरीसँगको सम्बन्ध र यसको आदर्शले रोटरियनहरुले आ–आफ्ना पेशा र व्यवसायमा उमित मापदण्ड अनुसार गुणस्तर सेवा मदनमा सुधार देखिएको छ त ?
रोटरी व्यावसामयक सेवाको भावना भनेको नै रोटरीयनहरुलाई रोटरीको आदर्श मार्फत सबल तथा सफल व्यक्तिका रुपमा रुपान्तरण गराएर मानिसहरुका वास्तविक आवश्यकता पूरा गर्ने सेवा दिन सक्ने बनाउनु हो ।
सामुदायिक सेवा रोटरीमा सेवाको तेस्रो क्षेत्र हो, जसअन्तर्गत रोटरियनहरुले क्लब आसपासको समुदायमा बस्ने मानिसहरुको जीवनको गुणस्तर सुधार्न सहकार्य गरेर वा आफ्नै क्षमता अनुरुप व्यापक सेवा गनश प्रयास गर्ने हो ।
रोटरीमा सामुदायिक सेवा भनेको सबैभन्दा लोकप्रिय एवं परिचित गतिविधि हो । हरेक क्लबहरुले आ–आफ्ना प्रकारका कार्यक्रमहरु आयोजना गर्दछन् । क्लबहरुले कार्यक्रमहरुमा रक्तदान कार्यक्रम, विद्यालय दिवा खाजा वितरण, विद्यालय पोशाक वितरण, सामुदायिक खानेपानी निर्माण परियोजना, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाहरुमा चिकित्सा उपकरण सहयोग, विद्यार्थीहरुलाई गुणस्तरीय आधारभूत शिक्षा प्रदान गर्नका लागि पहल इत्यािदहरु गर्दै आएको छ ।
सामुदायिक सेवा–रोटरीको धड्कन (The Heart Beat of Rotary)
परियोजना वा कार्यक्रमको आकार जस्तो भएपनि रोटरीको सामुदायिक सेवाले रोटरीयनहरुलाई सामाजिक हितको कार्यमा संलग्न गराएर सक्रिय एवं जिम्मेवार नागरिक बन्ने अवसर प्रदान गर्दछ । रोटरीको सामुदायिक सेवाले मानवीय मुद्दाहरु हल गर्नका लागि सात विविध क्षेत्रलाई प्राथमिकता दिन्छ, जसअन्तर्गत आधारभूत शिक्षा तथा साक्षरता, रोग रोकथाम तथा निवारण, मातृ एवं बाल स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, सामुदायिक एवं आर्थिक विकास, रन्तन्त प्रबद्र्धन एवं द्वन्द्व नवारण र वातावरण संरक्षणृ पर्दछन् ।
यी सेवाहरु संसारको जुनसुकै कुनामा पमन मानिसहरुको बााँच्नका लामग र विकासका लागि आधारभूत आवश्यता हुन् । यी सेवाहरुबाट विश्वमा शान्ति, सद्भाव र मानव विकास प्रवद्र्धन गर्न सकिन्छ ।
रोटरीको उद्देश्यमा उल्लिखित सेवाको चौथो क्षेत्र रोटरी अन्तराथरिय सेवा ले व्यावसायिक तथा व्यापरिक व्यक्तिहरुको सेवाको आदर्शमा ९क्ष्मभबकि या क्भचखष्अभ० एकजुट भएर अन्तर्राष्ट्रिय समझदारी, सद्भावना र शान्तिलाई प्रोत्साहन गर्दछ । यही ‘्व्यावसायिक तथा व्यापरिक व्यक्तिहरुको सेवाको आदर्शमा एकजूट हुने’ विचारले नै रोटरियन सेवा गर्ने अवसर प्रदान गर्दछ ।
रोटरीबाट रोटरियनलाई समान विचारधारा भएका, विशिष्ट ज्ञान भएका र आफ्नो राष्ट्रको महत्वपूर्ण ओहदामा रहेका विश्वभरका ३५,००० भन्दा बढी रोटरी क्लबका १२ लाख रोटरियनहरुसँग चिनजान गर्न सकिन्छ । सबैलाई व्यक्तिगत रुपमा चिन्न नसकेपनि रोटरीको अन्तर्रिष्ट्रय सेवा मार्फत सहयोगी एवं साझेदारका रुपमा उनीहरुसँग सम्बन्ध विस्तार गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय सेवाको ज्वलन्त उदाहरणका रुपमा जब अप्रिल २०१५ मा नेपालमा शक्तिशाली भूकम्प गएको थियोे, रोटरी अन्तराष्ट्रिय जिल्ला ३२९२ ले मानवीय सहायताका लागि अपिल गरेको थियो । विश्वभरीका रोटरी क्लब र रोटरियनहरुले भूकम्प प्रभावित क्षेत्र र भूकम्प पीडितहरुका लागि भनेर तुरुन्तै मानवीय सहायता पठाएका थिए । त्यसका साथै भूकम्प प्रभावित २१ जिल्लाका ४३ विद्यालय पुनर्निर्माण साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र ललितपुर जिल्लाका भूकम्प पीडित परिवारका लागि १ सय ६४ स्थायी घर निर्माणका लागि १७ करोड रुपैँया सङ्कलन गरिएको थियो ।
त्यसैगरी रोटरी फाउन्डेसनमा विश्वभरका रोटरियनहरुको योगदानले गर्दा धेरै रोटरी क्लबहरुले ग्लोबल ग्रान्ट पररयोजनाहरू (Global Grant Projects) सफलतापूर्वक कायाशन्वयन गदै रन्तन्त र सद्भाव कायम राख्न सफल भएका छन् े ।
हरेक वर्ष आयोजना गरिने रोटरी अन्तर्राष्ट्रिय सम्मेलनमा (Rotary International Conventions) विश्वभरका हजारौँ रोटरियनसँग भेट हुँदा उनीहरुसँग सुमधूर सम्बन्ध विस्तार गर्ने अवसर पनि दीगो र प्रगाढ मित्रताको ज्वलन्त अर्को उदाहरण हो ।
अन्तर्राष्ट्रिय सेवा अन्तगशत पोलियो प्लस र विदेशमा सेवाका परियोजना गर्नुका साथै व्यावसायिक टोली प्रशिक्षण, (Vocational Team Training), रोटरी छात्रवृति, र रोटरी फाउण्डेसनद्वारा वित्तीय सहयोग प्राप्त युवा आदानप्रदान (Youth Exchange Program) कार्यक्रमहरु पनि पर्दछ ।
रोटरीमा सेवाको पाचौँ क्षेत्रका रुपमा युवाहरुले विश्व शान्ति र सांस्कृतिक समझदारी प्रवद्र्धन गर्ने नेतृत्व विकास गतिविधि, सामुदायिक एवं अन्तराष्ट्रिय सेवा परियोजना र विनिमय कार्यक्रमहरुमा संलग्न भएर ल्याएको सकारात्मक परिवर्तनको कदर गर्दछ ।
युवा सेवा समुदाय, राष्ट्र र सिंगो विश्वको भविष्यको लागि रोटरीले गरेको दीर्घकालिन लगानी हो । यसको उद्देश्य नेतृत्व विकास कार्यक्रम अन्तर्गत पर्ने चार प्रमुख कार्यक्रमहरु जसमा इन्ट¥याक्ट (Interact), रोट¥याक्ट (Rotaract), रोटरी युवा नेतृत्व पुरस्कार (Rotary Youth Leadership Award) र रोटरी युवा आदानप्रदान (Rotary Youth Exchange) कार्यक्रम पर्दछ । यस्ता कार्यक्रम मार्फत युवा सशक्तिकरणलाई बढावा दिने हो । अधिकांश रोटरियनहरु यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्न सक्रिय छन् ।
रोटरीमा सेवा गर्ने अनेकौँ तरिकाहरु :
रोटरीमा यसररे पाँचवटै मामथ उन्तिन्तित सेवा क्षेत्रको (Rotary’s Five Avenues of Service) उतिकै महत्व हुन्छ भन्ने कुरामा दुईमत छैन । रोटरियनहरुले आफ्नो इच्छा एवं रुचि अनुसार कुनै पनि एउटा सेवाको क्षेत्र छनोट गरेर सेवा गर्न सक्छन् र रोटरीको लाभ उठाउन सक्छन् ।
यस लेख मार्फत ‘रोटरीमा सेवा’ को अर्थ बुझ्न सकिने कुरामा आशावादी छु ।